free website hit counter

एउटै हाँगामा झुण्डिए देवर–भाउजु

beemaadmin
२०७७ असार ६, शनिबार

काठमाडौँ । मान्छेमा निराशा बढ्दो छ । त्यसैले त आत्महत्याको दर पनि बढ्दो छ । इलाम माङसेबुङ गाँउपालिका–६ स्थित टोड्केमा दुई जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत पेला पर्नेमा इलाम माङसेबुङ–६ मावाटोलका २७ बर्षीय बिशाल राई र उनकै भाउजु २६ बर्षीया गिता राई रहेका छन् ।
घटनास्थल पुगेको मंगलबारेस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकिशोर साह तेलीका अनुसार उनीहरु एउटै रूखको हाँगोमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । शुक्रबार बिहान कसैलाइ नसोधी घरबाट निस्केका देवर भाउजु बेलुकासम्म घर नफर्केपछि आफन्तले खोजी गर्ने क्रममा घरदेखि करिव ७ सय मिटर टाँडा दारजातको रुखको एउटै हांँगामा प्लाष्टिकको डोरीको पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृत फेला पारिएको भनि आफन्तले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली तत्कालै घटनास्थल पुगेको थियो । इन्सपेक्टर साहकाअनुसार उनीहरू सहोदर देवर–भाउजु हुन् । दुवै विवाहित हुन् । भाउजुको पति रोजगारीका लागि विदेशमा छन् ।
शुक्रबार राति नै मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि पाँचथरको रविस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको इन्सपेक्टर साहले बताए । उनले भने, घटनाको प्रकृति हेर्दा आत्महत्या नै जस्तो देखिएको तर थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार