free website hit counter

एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था हट्यो

beemaadmin
२०८१ भाद्र १०, सोमबार

काठमाडौं । अभिकर्ताले एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था हटेको छ । बीमा प्राधिकरणको सञ्चालक समिति बैठकले सो व्यवस्थालाई हटाएको हो । बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले यसअघि गरेको व्यवस्थालाई हटाएर अब अभिकर्ताले एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्थालाई हटाएर बीमा गर्न पाउने व्यवस्था गरेको जानकारी गराएका हुन् । उनका अनुसार गत साउनको अन्तिम साता बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८० संशोधन गरेर एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था हटाएको हो । उनले अब केही दिनभित्र प्राधिकरणले सो संशोधित निर्देशिका सार्वजनिक तयारी गरेको बताए । नेपाल बीमा प्राधिकरणले गत चैतमा बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८० जारी गर्दै बीम अभिकर्ताले एकाघर परिवारको बीमा गर्न बन्देज लगाएको थियो । सो निर्देशिकाको दफा ३६ को उपदफा ९३० मा ‘बीमा अभिकर्ताले आफू अभिकर्ता भई आफ्नो एकाघर परिवारको सदस्यको जीवन वा कुनै पनि सम्पत्ति वा दायित्वको बीमा गराउन पाउने छैन भन्ने उल्लेख थियो । मुख्य सरोकारवाला अभिकर्ताहरूसँग छलफल नै नगरी हचुवाको भरमा प्राधिकरणले यस्तो व्यवस्था ल्याएको भन्दै सर्वत्र विरोध भएको थियो । मुलतः जीवन बीमा व्यवसायको मुख्य व्यापार नै अभिकर्ताले गर्ने गर्दछन् । तर, तिनै अभिकर्तालाई वाइपास गरेर आफूहरुको हितविपरीत प्राधिकरणले एकाघर परिवारको बीमा गर्न नपाउने नियम ल्याएको भन्दै अभिकर्ता प्राधिकरणप्रति असन्तुष्ट बनेका थिए । सो नियमले अभिकर्तामात्र होइन समग्र जीवन बीमा क्षेत्रलाई नै नकारात्मक प्रभाव पर्ने भन्दै अभिकर्ताहरूले आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए । पेसागत बीमा अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारीले उक्त नियम नसच्याए आन्दोलन गर्न बाध्य हुने चेतावनी प्राधिकरणलाई दिएका थिए । उनले भनेका थिए, आफ्नो नजिकको मान्छेको बीमा गराएर अभिकर्ताको सुरुवात गर्नुपर्छ भन्ने प्राधिकरणले नै भन्ने गरेको छ । तर, फेरि नजिकका नातेदारको बीमा गर्न नपाउने नियम बनायो, यसले गर्दा नयाँ अभिकर्ता निरुत्साहित हुनुका साथै पुरानाले पनि यस पेसाबाट बाहिरिने सम्भावना हुन्छ । यो नीतिले समग्र जीवन बीमा क्षेत्रलाई नै नकारात्मक असर पर्ने अभिकर्ताको भनाइ थियो । निर्देशिका जारी भएपछि अभिकर्ता र प्राधिकरण धेरै चरणमा यसबारेमा छलफल पनि गरे । तर, निकास निस्किएको थिएन । अभिकर्ताको निरन्तरको आन्दोलन गर्ने चेतावनी र दबाबपछि प्राधिकरणले अन्ततः सो नीतिबाट पछि हट्नु परेको हो । यसले अभिकर्ताहरूलाई सफलता मिलेको छ । अब अभिकर्ताले एकाघर परिवारको पनि बीमा गर्न पाउनेछन् ।

 

एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था हट्यो

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार