काठमाडौं । परीक्षणको दायरा बढाएसँगै कोरोना संक्रमित थपिनेक्रम बढेको छ । बिहीबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। झापा, कचनकवल गाउँपालिका ३, ६, ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, र ४६ वर्षिय पुरुषहरु, धनकुटा निवासी ३४ वर्षिय पुरुष, सुनसरी, धरान उपमहानगरपालिका निवासी ५१ वर्षिय महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ। यससँगै नेपालमा कुल संक्रमितको संख्या ४४४ पुगेको छ।