काठमाडौं । आइतबार सुनचाँदीको भाउमा उछाल देखिएको छ । फागुन २८ गते, सुनको भाउ एक हजार ७०० रुपैयाँले महंगिएको छ । चाँदी पनि यस दिन प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३ हजार ५०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ। सुनको भाउ निरन्तर दोश्रो दिन बढेको हो । शुक्रबार पनि सुन तोलामा ८०० रुपैयाँले बढोत्तरी भएको थियो । सो दिन सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँ तोकिएको थियो । साताको पहिलो दिन, चाँदीको मूल्य समेत वृद्धि भएको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढ्दा प्रतितोला एक हजार २४५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो साताको अन्तिम कारोबार दिन भने चाँदीको मूल्य स्थिर रहेको थियो । शुक्रबार चाँदी प्रतितोला एक हजार २२० रुपैयाँ कायम रहेको थियो ।