काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार ह्वात्तै बढेको छ । केही दिनयता लगातार घट्दै आइरहेको सुनको मूल्य आज तोलामा १४ हजार ६०० रुपैयाँले बढी २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा ४१५ रुपैयाँले बढेर चार हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चार हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।