free website hit counter

एकै दिन तोलामा १० हजार ४ सय रुपियाँले बढ्यो सुन

beemaadmin
२०८२ माघ ७, बुधबार

काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ उच्च दरले बढेसँगै नेपालमा प्रभाव परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ८ सय ५० अमेरिकी डलर नाघेको छ। चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ९२० रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार