free website hit counter

एकै पटक थपिए २७, पहाडी जिल्लातिर उक्लियो कोरोना

beemaadmin
२०७७ जेष्ठ ६, मंगलवार

काठमाडौं । तराईका जिल्लालाई आक्रान्त पारेको कोरोना संक्रमण पहाडी जिल्लातिर पनि छिर्न थालेको छ । नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा पहाडी जिल्लाहरुमा कोरोनाको संक्रमण देखिएको छ । यस पटक सिन्धुली, लमजुङ, रामेछाप, ललितपुरमा समेत संक्रमित भेटिएका छन् । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएको जानकारीअनुसार मंगलबार झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाहीका २, काठमाडौंका ३, भक्तपुरका १, ललितपुरका १, मकवानपुरका १, रामेछापका १, कपिलबस्तुका ४, लमजुङका १, सिन्धुलीका १ र नवलपरासीको १ जना गरी २७ संक्रमित पुष्टि भएको हो । संक्रमितहरु १७ देखि ४२ वर्ष उमेर समूहका छन् । संक्रमितमा २४ पुरुष र ३ महिला रहेका छन् । योसँगै कोरोना संक्रमण ३८ जिल्लामा फैलिएको छ। यसैबीच झापाका ६२ वर्षीय कोरोना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ ।

सम्बन्धित समाचार