free website hit counter

एकै पटक हटाइयाे यति धेरै उपत्यकाका घुमुवा

beemaadmin
२०७६ चैत्र २, आईतवार

काठमाडौं । प्रहरी हाकिमहरुको आम्दानीको श्रोत बनेका राजधानीका घुमुवा एकाएक हटाइएका छन् ।  घुमुवामार्फत् व्यवसायीलाई दुःख दिएर पैसा उठाएको आरोप चौतर्फी रुपमा प्रहरीले सहिरहेको बेला एकाएक यस्तो निर्णय आएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा लामो समयदेखि सादा पोशाकमा कार्यरत १७ अधिकृत र ५७ जवानसहित ७४ जनालाई सो जिम्मेवारीबाट हटाइएको हो । उनीहरुबाट सताइएकाहरुको गुनासो तथा उल्लेखनीय कार्य गर्न नसकेका कारण सादा पोशाकको जिम्मेवारीबाट हटाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगंजमा पठाइएको हो ।

प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरीप्रति लागेको लान्छना मेटाउने र जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्य गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताएका छन् । अब सादा पोशाकमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरू मुलतः प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालित हुने बताइएको छ ।

सम्बन्धित समाचार

चार लाख पनि छैन भन्दै दीपेश जेल चलान

beemaadmin
२०८१ बैशाख ८, शनिबार

घट्यो वाणिज्य बैंकहरुको नाफा

beemaadmin
२०८१ बैशाख ८, शनिबार

६ वर्षमा ८१ हजारले बढ्यो सुन

beemaadmin
२०८१ बैशाख ८, शनिबार

कुन देशमा कति छ सुन ?

beemaadmin
२०८१ बैशाख ८, शनिबार