free website hit counter

एकै परिवारका ३ जना एकपछि अर्को मृत भेटिए

beemaadmin
२०७७ बैशाख १४, आईतवार

काठमाडौं । कोरोना संक्रमणविरुद्ध मुलुक लकडाउनमा रहेका बेला तनहुँ जिल्लाको व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिका छन् । अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार, आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया शनिबार मृत भेटिएछि यतिबेला गाउँ शोक र आशंकामा डुबेको छ । मृतक छोरा विपीनको प्रहरीले मुचुल्का तयार गरी शुक्रबार नै शव परीक्षण गरी दाहसंस्कारका लागि आफन्जनलाई जिम्मा लगाइएको थियो । उनको मृत्यु हुनु दुई दिनअघि वैशाख १० गतेदेखि नै उनका आमा र बहिनी हराएपछि उनीहरुको खोजी गरिदिन आफन्तजनले प्रहरीमा जाहेरी दिएका थिए ।
छोराको घाँटीमा डोरीले बाँधेको जस्तो दाग देखेपछि आमाले हत्या गरी फरार भएको हुन सक्ने प्रहरीले आशङ्का गरे पनि शनिबार आमाछोरी मादीसेती नदी किनारमा मृतावस्थामा भेटिएपछि प्रहरीले घटनाका बारेमा अहिल्यै केही भन्न नसकिने जनाएको छ ।
एकै परिवारका तीन जनाको मृत्युको खबरले यतिबेला गाउँ नै स्तब्ध भएको निर्मल टोल विकास संस्थाका अध्यक्ष अम्मर भण्डारीले जानकारी दिए । मृतक रवीनाका श्रीमान् हरिकृष्ण भारतीय प्रहरीबाट अवकाशपछि भारतमा नै काम गर्दै आएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार