free website hit counter

एक्किजिसनका लागि सिटिजन्सले बोलायो विशेष साधारणसभा

beemaadmin
२०७६ फाल्गुन २३, शुक्रबार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सहयोगी विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने विशेष प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले आगामी चैत १० गते विशेष साधारणसभा डाकेको छ । उक्त विशेष साधारणसभा सो दिन दिउँसो काठमाडौंको डिल्लीबजारस्थित अमृत भोगमा बस्ने भएको छ । फागुन २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सो दिन विशेष साधारणसभा डाक्ने निर्णय गरेको हो । सो प्रयोजनको लागि चैत १ गते एकदिनका लागि बैंकको बुक क्लोज हुने छ । यी दुई संस्था सेयर मूल्य अनुपात स्वाप रेसियो १ः९१.७५ मा एक्विजिशन हुन लागेका हुन् । यसको अर्थ सहयोगी विकास बैंकको १०० कित्ता सेयर हुनेले एक्जिजिसन पश्चात सिटिजन्स बैंकको ९१.७५ कित्ता सेयर पाउने छन् ।
हाल सिटिजन्स बैंकको चुक्ता पुँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । सहयोगी विकास बैंकलाई प्राप्ती पश्चात बैंकको जारी तथा चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ पुग्ने छ । साथै, उक्त एक्विजिसन प्रयोजनको लागि लेखापरीक्षकमा पिपि प्रधान एण्ड कम्पनी चार्टड एकाउण्टेन्ससलाई नियुक्त गर्ने भएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार