free website hit counter

एक किशोरलाई स्कुल जान परिवारले कर गरेपछि…

beemaadmin
२०७७ फाल्गुन २७, बिहीबार

एजेन्सी । स्कुल जान अल्छि लागेर होस् वा होमवर्क नसकेर स्कुल जान अल्छि गर्ने बालबालिकाले पेट दुखेको बहाना गर्नु त सामान्य कुरा हो । यो हाम्रै बालबालिकाले पनि गरेका छन् हामीले पनि गरियो. होला । तर एक किशोर स्कुल जान चाहँदैनथे तर परिवारले स्कुल जान कर गरेपछि उनले आफ्ना मातापिता र बहिनीलाई बञ्चरोले हानेर मारिदिए । १७ वर्षका वादिम गोर्बुनोभले पहिले आफ्नी आमा र १२ वर्षकी बहिनीलाई मारे ।

त्यसपछि उनले पितालाई पनि त्यही बञ्चरोले हानेर मारे । हत्यापछि उनले पिताको अनुहार पूरै बिगारे र पिताको शवलाई आफ्नो कपडा लगाइदिए ताकि प्रहरीलाई झुक्याउन सकियोस् । अनुसन्धानको सुरुमा पुलिसकर्मीहरुले ती किशोरका पिता ४० वर्षका अलेक्सेइ गोर्बुनोभ हत्यारा भएको मानेर उनलाई तत्काल खोजी गर्न नोटिस जारी गरेका थिए । तर, पछि फरेन्सिक विशेषज्ञहरुले क्षतविक्षत पारिएको शव खासमा ती किशोरका पिताको भएको पत्ता लगाए ।

त्यसपछि ती किशोरलाई पक्राउ गर्न नोटिस जारी गरिएको थियो । द सनको रिपोर्टअनुसार रुसी अनुसन्धान समितिले बताएअनुसार अलेक्सेइको अनुहार पूरै क्षतविक्षत पारिएको थियो । किशोरकी आमा गुल्या गोर्बुनोभा र बहिनी युलियाको शव रुसको ओक्त्याब्रिस्कमा रहेको घरमा फेला परेको थियो ।

वादिमलाई घटनास्थलबाट २ सय २५ माइल टाढा एकातेरिनबर्गबाट पक्राउ गरिएको छ । वादिमले अपराध स्वीकार गरेको प्रहरीले बताएको छ । वादिमले यो सबै घटना आफूले स्कुल जान्न भनेपछि भएको बताएका छन् । आफ्नी आमाले स्कुल पठाउन जिद्दी गरेपछि झगडा सुरु भएको उनले बताए । रिपोर्टका अनुसार यी किशोर पढाइमा अत्यन्तै तीक्ष्ण थिए र उनी आफ्नो कक्षाको गणित पढाइदेखि सन्तुष्ट थिएनन् त्यसैले उनले कक्षा पनि साटेका थिए । छिमेकीका अनुसार यो परिवार मैत्रीपूर्ण थियो र वादिमले बहिनीको सधैं ख्याल गर्थे ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार