free website hit counter

एक दिनमा अमेरिका र फ्रान्समा २४ सय ४१ को ज्यान गयो

beemaadmin
२०७६ चैत्र २२, शनिबार

एजेन्सी । विश्व समुदायलाई आतंकित बनाएको कोरोना संक्रमणले आफ्ना उग्र रुप देखाइरहेको छ । अहिले स्पेन, अमेरिका, इटाली, फ्रान्स जस्ता मुलुक सबैभन्दा बढी प्रताडित बनेका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय २१ जनाको मृत्यु हो । यससँगै यहाँ मृतकको संख्या ७ हजार ३ सय ९२ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार ३२ हजार २ सय ८० नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । यहाँ अहिलेसम्म कूल २ लाख ७७ हजार १ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ ।संक्रमितमध्ये ५ हजार ७ सय ८७ को अवस्था गम्भीर छ । यद्यपि, १२ हजार २ सय ८३ जना संक्रमित उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् ।

फ्रान्समा ११ सय २० ले ज्यान गुमाए
फ्रान्समा पछिल्लो २४ घण्टाभित्र ११ सय २० जनाले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृत्यु हुनेको संख्या ६ हजार ५ सय ७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार हालसम्म कूल संक्रमितको संख्या ६४ हजार ३ सय ३८ पुगेको छ । यहाँ एकैदिन ५ हजार २ सय ३३ संक्रमित भेटिएका थिए । संक्रमितमध्ये ६ हजार ६ सय ६२ को स्थिती नाजुक छ । यद्यपि, १४ हजार ८ सय संक्रमित निको भएर घरसमेत फर्किसकेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार