free website hit counter

एक लाखबाट पनि उकालो लाग्यो सुन

beemaadmin
२०७९ मंसिर २३, शुक्रबार

काठमाडौं । मंसिर २३ गते, शुक्रबार, सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नाघेको छ। नेपाली बजारमा सात महिनापछि सुनको मूल्य एक लाख रुपैयाँ नाघेको हो। नेपाल सुनचाँदी व्यवसायी संघले यस दिनको लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ तोकेको छ। यस अघि गत वैशाख १२ गते, छापावाल सुन प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको थियो। सोपश्चात नेपाली बजारमा सुन एक लाख रुपैयाँभन्दा मुनि कारोबार भइरहेको थियो। अघिल्लो दिन छापावाल सुन ९९ हजार ७०० रुपैयाँ कारोबार भएकोमा यस दिन प्रतितोला ६०० रुपैयाँ बढेको हो। यस दिन तेजाबी सुन ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनसँगै यस दिन चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन १ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ३० रुपैयाँ बढेर प्रतितोला १ हजार ३९० रुपैयाँ पुगेको छ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार