free website hit counter

एक लाख कित्ता शेयर लिलामी गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स

beemaadmin
२०७६ फाल्गुन ६, मंगलवार

काठमाडौं । सर्वसाधारण समूहको करिब १ लाख कित्ता शेयर लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ। इन्स्योरेन्सले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो।

लिलाम प्रक्रियामार्फत बिक्री गर्न लागिएको अवितरित ९९ हजार ७२६ कित्ता हकप्रद शेयरका लागि फागुन १४ गतेदेखि २१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। सो शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन्।

Advertisement
Advertisement

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा अधिकतम सबै कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर बिक्री प्रबन्धक सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथमा सिटिजन्स बैंकका विराटनगर, विरगंज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन्।

Advertisement
Advertisement

सम्बन्धित समाचार