free website hit counter

एक सिलिन्डर ग्यासमा २३५,पेट्रोल ४ र डिजल–मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढ्यो

beemaadmin
२०८० भाद्र १५, शुक्रबार

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासमा एकैपटक २३५ रुपैयाँ मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजल–मट्टितेलमा ३ रुपैयाँ बढाइएको हो । आयल निगमले बिहीबार साँझ विज्ञप्तिमार्फत जनाएको छ । वृद्धि भएको मूल्य आज मध्यरातिदेखि नै लागू हुनेछ । अब ग्यास प्रतिसिलिन्डरको १ हजार ८९५, पेट्रोल प्रतिलिटर १८२ रुपैयाँ र डिजल–मट्टितेल १७० रुपैयाँ पुगेको छ । यसअघि ग्यास प्रतिसिलिन्डरको १ हजार ६६०, पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजल–मट्टितेल १६७ रुपैयाँ थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार