free website hit counter

एघार जनालाई आइसोलेशनमा राखियो

beemaadmin
२०७६ चैत्र १२, बुधबार

काठमाण्डौ । कोरोना संक्रमण फैलिन नदिई नियन्त्रणमा लिने सरकारकोे प्रयास जारी छ । कोरोना भाइरसको आशङ्कामा ११ जनालाई काठमाण्डौ र ललितपुरको दुई वटा अस्पतालको आइसोलेशनमा राखिएको छ । अर्का एक जनालाई भने टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको भ्यान्टिलेटरमा राखेर उपचार गरिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तर उनलाई कोरोना सङ्क्रमण भएको पुष्टि भने भएको छैन । उहाँका अनुसार कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको आइसोलेशनमा राखेर उपचार भइरहेको र उनको अवस्था सामान्य छ । टेकु अस्पतालमा उनीसहित अरु पाँच जनाको आइसोलेशन अर्थात् डाक्टरको निगरानीमा र एक जनाको भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको हो ।
त्यस्तै ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालमा अरु ६ जनाको उपचार भइरहेको छ । तर ती युवती बाहेक अरुमा कोरोना सङ्क्रमण पुष्टि भएको छैन । उनको पनि अवस्था सामान्य रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको मन्त्रालयका सहप्रवक्ता दाहालको भनाइ छ । गएको चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल फर्किएकी युवतीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उनलाई गएको आइतबार रातिदेखि अस्पतालमा डाक्टरको निगरानीमा राखेर उपचार थालिएको हो ।
यसअघि गएको माघ ९ गते चीनबाट आएका एक जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तर केही दिन उपचार गरेपछि उनी निको भएका र अहिले सामान्य अवस्थामा रहेका पनि मन्त्रालयले जनाएको छ । नेपालमा मङ्गलबार बेलुकीसम्ममा ६ सय १० जनाको परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रमण भएको र अरु ६ सय आठ जनालाई भने मौसमी रुघाखोकी लागेको पाइएको मन्त्रालयले जनाएको हो । अहिले मौसमी रुघाखोकी लाग्ने समय भएकाले रुघाखोकी लाग्दैमा नआत्तिन तर सावधानी भने अपनाउन डाक्टरहरुले आग्रह गरेका छन् । यसैबीच कोरोनाको बारेमा जानकारी लिनु परेमा पैसा नलाग्ने फोन नम्बर १११५ मा सम्पर्क गर्न सकिने सरकारले जनाएको छ । १११५ मा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म फोन गर्न सकिनेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार