free website hit counter

एटिएम सुरक्षाका लागि राष्ट्रबैंकको निर्देशन

beemaadmin
२०७६ आश्विन १०, शुक्रबार

काठमाडौंं । प्रविधिको दुरुपयो गर्दै ह्याकरहरुले एटीएमलाई निशाना बनाएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको एटिएम बुथमा २४ सै घण्टा सुरक्षा गार्ड राख्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुको सिस्टम ह्याक गरी रकम निकाल्ने क्रम एकपछि अर्को गर्दै बढेपछि राष्ट्रबैंकले यस्तो निर्देशन जारी गरेको हो ।

त्यस्तै एटिएम बुथमा कुनै व्यक्ति वा समुहबाट शंकास्पद गतिविधि भएको शंका लागेमा यथाशीघ्र संस्थाले तोकेको पदाधिकारी तथा निकायमा सूचित गराउने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ । त्यसैगरी राष्ट्र बैंकले बैंकिङ्ग प्रणलीमा सुधार गरी ह्याकिङ्ग रोक्न हरेक संस्थाले सूचना प्रविधि सम्बन्धमा आकास्मिक सहायता समूह गठन गर्न समेत निर्देशन दिएको छ । कुनै किसिमको साइबर आक्रमण, शंकास्पद गतिविधि वा अनाधिकृत पहुँच भएमा तत्काल सो को जानकारी राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा गराउन निर्देशन दिएको छ ।

हेर्नुहोस्, यस्तो छ राष्ट्र बैंकको पत्र

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार