free website hit counter

एटीएम ह्याक गर्ने चिनियाँ नागरिक जेल चलान

beemaadmin
२०७६ कार्तिक २२, शुक्रबार

काठमाडौं । पाटनले एटिएम ह्याक गरि पैसा लुट्ने आपराधिक समूहका ६ जना चिनियाँ नागरिक जेल चलान भएका छन् । उच्च अदालतको आदेशपछि उनीहरु जेल चलान भएका हुन् । अदालतले थुनछेक बहसपछि ६ जना चिनियाँ नागरिकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। अदालतले चिनियाँ नागरिक झु लियाङ्गगाङ्ग, चेन बिनबिन, लिन जियानमेङ्ग, लु जियालेई, कियु युनकिङ्ग, जु लुक्लीलाई थुनामा राख्ने आदेश दिएको हो।
उच्चअदालतका न्यायधीशद्वय रामप्रसाद आोली र किरण पौडेलको संयुक्त इजलाशले प्राप्त प्रमाणका आधारमा सो आदेश दिएको हो।
त्यसैगरी, चिनियाँ नागरिकले लुटेको रकम साट्न सहयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेका तीन नेपाली, देवनाथ लामिछाने, रेवती दुवाडी र रोशन प्रधानलाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। अदालतले लामिछानेलाई ३० लाख र अन्य २ लार्इ समान २६ लाख धरौटी माग गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार