काठमाडौं । सबै स्थानमा सहज बैकिङ पहुँच पुर्याउने र आफ्ना ग्राहकलाई विशेष छूटका योजनाहरु पस्किने क्रममा एनआईसी एशिया बैंकले तिनाउ इन्टरनेशनल हस्पिटल बुटवलसँग सम्झौता गरेको छ । अब बैंकका सम्पुर्ण ग्राहक र बैंकका कर्मचारीहरुले तिनाउ इन्टरनेशनल हस्पिटल बुटवल उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १० देखि १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं. ५ को यस बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।