free website hit counter

एनआईसी एशियाका ग्राहकलाई रेष्टुरेण्टहरुमा छुट

beemaadmin
२०७६ मंसिर २४, मंगलवार

काठमाडौं । शाखासञ्जाल विस्तार गर्दै गाउँ गाउँमा बैंकिङ पहुँच पुर्याउन सफल  एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थुपै्र स्थानमा छूटका विशेष कार्यक्रम पनि सँगै ल्याएको छ । एनआईसी एशिया बैंक र काठमाडौं स्थित द्वारिकाज होटल बत्तिसपुतलीसँग विशेष छुटसम्वन्धि सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई द्वारिकाज ग्रुपका विभिन्न रेष्टुरेण्टहरुमा १५ प्रतिशतसम्म छुटको व्यवस्था भएको छ ।

उक्त सम्झौता बमोजिम बैंकका डेविट एवं क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलका तोरण रेष्टुरेण्ट, फ्युजन बार, मोकोज जापानिज रेष्टुरेण्ट, द्वारिकाज ग्रुपकै गार्डन अफ ड्रिम्सस्थित केइजर क्याफे, पाटन संग्रहालयस्थित पाटन म्युजियम क्याफेमा १० प्रतिशतसम्म छुट र बत्तिसपुतलीस्थित कृष्णार्पण रेष्टुरेण्टमा १५ प्रतिशतम्म छुट प्रदान गर्ने सम्झौता भएको हो । बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र द्वारिकाज ग्रुपको तर्फबाट इन्टरनेशनल मार्केटिङ्ग एण्ड कम्युनिकेशन म्यानेजर सुनिता गुरुङले सम्झौतापत्र आदानप्रदान गरे ।

 

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार