free website hit counter

एनआईसी एशियाका ग्राहकलाई मोबाइल किन्दा पनि छूट

beemaadmin
२०७६ माघ १५, बुधबार

काठमाडौं । सपिङ मल, होटल, रेष्टुराँ तथा अस्पतालहरुमा आफ्ना ग्राहकलाई विशेष छूट दिँदै आएको नेपालको अग्रणी बैंक एनआईसी एशियाले आफ्ना ग्राहकलाई सामसङ ग्यालेक्सी मोबाइल खरिदमा विशेष छुट दिने भएको छ । सामसङले ग्राहकको आवश्यकता तथा सन्तुष्टीलाई प्राथमिकतामा राखेर एनआईसी एशिया बैंकसँग सहकार्य गरेको हो । सामसङ  ग्यालेक्सी एस१०÷एस१०प्लस र सामसङ ग्यालेक्सी नोट१०/नोट१० प्लसमा विशेष छुटको अफर ल्याएको हो । सामसङ ग्यालेक्सी एस१०/एस१०प्लस तथा ग्यालेक्सी नोट१०/नोट१० प्लसमा  एनआईसी एशियाको डेविट कार्ड/क्रेडिट कार्ड–क्यूआरबाट खरिद गर्दा १५ प्रतिशत वा अधिकतम तीन हजारसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यो अफर एनआईसी एशिया बैंकका कार्ड मेसिन भएका सामसङका सम्पूर्ण आउटलेटहरुमा यही फेब्रुअरी २८ सम्म उपलब्ध हुने बताइएको छ ।

सम्बन्धित समाचार