काठमाडौं । सबै क्षेत्रमा आफ्ना ग्राहकलाई केही न केही छूटका योजना ल्याउन तल्लिन रहेको एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले सोनी ब्राभिया टिभीमा विशेष छुट पाउने भएका छन् । एनआईसी एशिया र नेपा हिमा ट्रेड लिंकबीच बैंकका ग्राहकहरूलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट सोनी ब्राभिया टिभीको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृतसन्तोष कुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार यस बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै पीओएस र क्यूआर कोड प्रयोग गरि सोनी ब्राभियाका उपरोक्त उल्लेखित मोडलहरूको टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १०५ वा अधिकतम २,०००सम्म छुट प्राप्त गर्न सक्नेछन् । यो योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ । बैंकका ग्राहकहरूको अधिकतम लाभका लागि यो योजना ल्याइएको बैंकले जनाएको छ ।