free website hit counter

एनआईसी एशियाका ग्राहकलाई टिभी किन्दा पनि छुट

beemaadmin
२०७६ फाल्गुन १३, मंगलवार

काठमाडौं । सबै क्षेत्रमा आफ्ना ग्राहकलाई केही न केही छूटका योजना ल्याउन तल्लिन रहेको एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले सोनी ब्राभिया टिभीमा विशेष छुट पाउने भएका छन् । एनआईसी एशिया र नेपा हिमा ट्रेड लिंकबीच बैंकका ग्राहकहरूलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट सोनी ब्राभिया टिभीको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृतसन्तोष कुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार यस बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै पीओएस र क्यूआर कोड प्रयोग गरि सोनी ब्राभियाका उपरोक्त उल्लेखित मोडलहरूको टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १०५ वा अधिकतम २,०००सम्म छुट प्राप्त गर्न सक्नेछन् । यो योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ । बैंकका ग्राहकहरूको अधिकतम लाभका लागि यो योजना ल्याइएको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार