free website hit counter

एनआईसी एशियाको अझ सुरक्षित

beemaadmin
२०७६ मंसिर २७, शुक्रबार

काठमाडौं । शाखा सञ्जाल विस्तार र ग्राहकलाई विविध सेवा सुविधा दिनमा अग्रणी स्थानमा रहेको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई कार्ड सिस्टममा सरल र विश्वसनीय सुविधा प्रदान गर्नका लागि एस२एम (S2M:Societe Maghrebine De Monétique) को सेलेक्ट सिस्टम ईएफटी (Select System EFT) स्वीच प्रयोगमा ल्याउने भएको छ ।

बैंकले एस२एम मोरक्कोसँग उक्त स्वीच प्रविधि खरिदका लागि एक समारोहका बीच सम्झौता गरेको छ । बैकले उच्च गुणस्तरीय आफ्नै स्वीच प्रयोगमा ल्याएसँगै कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुनुका साथै ग्राहक महानुभावहरुले स्वदेश तथा विदेशबाट कार्डबाट हुने ई–कमर्स कारोबार सहज रुपमा गर्न सक्नुहुनेछ । सबै प्राविधिक तयारी गरी केही समयमा बैंकले यो प्रविधि संचालनमा ल्याउने छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एस२एम मोरक्कोका तर्फबाट उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गरे । उक्त स्वीचको कार्यान्वयनसँगै कार्डबाट हुने भुक्तानी प्रणालीमा विद्यमान विभिन्न सुरक्षा चुनौतीको समाधान हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार