free website hit counter

एनआईसी एशियाबाट वर्ल्ड लिंकको डिजिटल भुक्तानी

beemaadmin
२०७६ कार्तिक १, शुक्रबार

काठमाडौं । सबै क्षेत्रमा बैकिङ पहुँच पुर्याउने अभियानमा रहेको एनआईसी एशिया बैंक र वर्ल्ड लिंक कम्युनिकेसन्स् बीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ । सो सम्झौता बमोजिम एनआईसी एशिया बैंकका ग्राहकहरुले २०७६ आश्विन ३० देखि २०७६ कात्तिक १६ गते (छठ पर्व) सम्म वर्ल्ड लिंकको इन्टरनेट बिल, मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु ३०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
साथै वर्ल्ड लिंकका ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वल्र्डलिङ्कका कुनै पनि आउटलेट तथा शाखाहरुबाट इन्टरनेटको बिल सहज रुपमा भुक्तानी गर्न सक्ने जनाइएको छ ।
सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र वल्र्ड लिङ्कको तर्फबाट वर्ल्ड प्रमुख वित्त अधिकृत संजयकुमार साहले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार