free website hit counter

एनआईसी एशियाले थप्यो चार शाखा

beemaadmin
२०७६ भाद्र ३०, सोमबार

काठमाडौं । देशकै सबैभन्दा ठूलो बैंक एनआईसी एशियाले चार नयाँ शाखा थपेको छ । बैंकको नयाँ शाखाहरु सोलखुम्बूको सल्लेरी, कन्चनपुरको दोधारा चाँदनी र खोटाङ्गको दिक्तेलमा सञ्चालनमा आएका हुन् । बैंकले सञ्चालनमा ल्याएको सोलखुम्बू जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं ५, सल्लेरी स्थित सल्लेरी शाखाको उद्घाटन सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले गरे ।
कन्चनपुर जिल्ला महाकाली नगरपालिका वडा नं ६, दोधारा चाँदनी स्थित दोधारा चाँदनी शाखाको उद्घाटन महाकाली नगरपालिकाका मेयर बीर बहादुर सुनार तथा खोटाङ्ग जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १, दिक्तेल स्थित दिक्तेल शाखाको उद्घाटन रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार