free website hit counter

एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन खुल्यो

beemaadmin
२०८१ चैत्र २५, सोमबार

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आजदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको १० वर्षे अवधिको ‘‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर—२०९१’नामक ऋणपत्र निष्कासन गरेको हो । कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात २ अर्बबराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत ३ अर्ब रुपैयाँबराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । १० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ । । यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा चैत २८ गते र ढिलोमा वैशाख ८ गते बैंकिङ समयपछि हुनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा २५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार