free website hit counter

एनआईसी एशिया बैंकको लाभांश वितरण सुरु

beemaadmin
२०७६ आश्विन ११, शनिबार

काठमाडौं । देशभर सबैभन्दा बढी शाखा सञ्जाल विस्तार गर्न सफल एनआईसी एशिया बैंकको २२औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २१.०५२६ प्रतिशतले हुन आउने एक अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६२१ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव लाभांश अनुमोदन गरेको छ। अनुमोदनसँगै वितरण प्रक्रिया पनि शुरु भइसकेको छ । बैंक संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले १० प्रतिशतका दरले हुन आउने ८८ करोड ३४ लाख २२ हजार ८७० रुपैयाँको बोनस शेयर र ११.०५२६ प्रतिशत हुन आउने ९७ करोड ६४ लाख १४ हजार ७५१ रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सभाले बैंकको पूँजी वृद्धिको प्रस्ताव पारित गरेको छ । यसबाट बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५६८ पुगेको छ। साथै बैंकले एनआईसी एशिया बैंकमा नै डिम्याट खाता हुने शेयरधनीहरुलाई शुक्रबारबाटै नगद लाभांश भुक्तानी गर्न शुरु गरि सकिएको जनाएको छ। बैंकले डिम्याट खाता नहुने शेयरधनीहरुले यथाशीघ्र डिम्याट खाताको लागि बैंकको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल तथा बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार