free website hit counter

एनआईसी एशिया लघुवित्तकाे साढे ४७ करोडको आईपीओ खुल्दै

beemaadmin
२०७६ चैत्र ५, बुधबार

काठमाडौं । शेयरमा लगानी गर्ने इच्छा भएकाहरुलाई खुशीको खबर छ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले चैत ४ गते संस्थालाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले दिएको अनुमति अनुसार संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । सो मात्राको आईपीओ निष्कासन गर्न संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

सम्बन्धित समाचार