free website hit counter

एनआईसी एशिया लघुवित्तको नाफा ३४६ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ माघ १६, शुक्रबार

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ८८ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३४६.४७ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा संस्थाले ४२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी ६४।६३ प्रतिशतले बढेको छ । संस्थाले ५५ करोड १० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा संस्थाले ३३ करोड ४७ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी भने घटेका छ । अघिल्लो आवमा ३ करोड ५७ लाख रुपैयाँ रहेको संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी घटेर २१ लाख ५३ हजार रुपैयाँमा सीमित बनेको छ । यस्तै संस्थाको खुद सञ्चालन आम्दानी ४७ करोड ९३ लाख र सञ्चालन मुनाफा ३ करोड ५९ लाख रुपैयाँ रहेको छ । संस्थाको रिटेन्ड अर्निङ ३९ करोड २० लाख रुपैयाँले ऋणात्मक छ । रिजर्भको आकार भने ७७ करोड ६६ लाख रुपैयाँबाट बढेर ७७ करोड ९९ लाख रुपैयाँ पुगेको छ । संस्थाले समीक्षा अवधिसम्ममा ग्राहकहरुबाट २ अर्ब ५९ करोड रुपैयाँबराबरको निक्षेप संलकन र १८ अर्ब ७८ करोड रुपैयाँबराबरको कर्जा परिचालन गरेको छ । संस्थाको वितरणयोग्य मुनाफा ३९ करोड २० लाख रुपैयाँले ऋणात्मक बनेको छ। यो अवधिमा संस्थाको खराब कर्जा अनुपात १३.३७ प्रतिशतबाट बढेर १७.३८ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ईपीएस २.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२२.३० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३१६.५३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५८.३६ गुणा र तरलता अनुपात २६.२१ प्रतिशत कायम छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार