free website hit counter

एनआईसी एसियाका सञ्चालक संघइलाई सीआईपी सम्मान

beemaadmin
२०७६ फाल्गुन १, बिहीबार

काठमाडौं । अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याएवापत एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघइलाई “महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)” सम्मानबाट सम्मानित गरिएको छ ।
सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबै भन्दा ठूलो सम्मान हो । नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघइलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले विभूषित गरि सम्मान प्रदान गरे ।
संघइ अध्यक्ष रहेको त्रिवेणी स्पिनिङ मिल्स (बारा) नेपालबाट तेस्रो मुलुकमा सबै भन्दा बढि रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योगको रुपमा रहेकोले उक्त सम्मानबाट उनलाई नेपाल सरकारले विभुषित गरेको हो ।
बैंकका सञ्चालक संघइ सम्मानित भएसँगै एनआईसी बैंक परिवारले उनलाई हार्दिक बधाइ ज्ञापन गर्दै आगामी दिनहरुमा यस्तै कामका लागि थप प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार