free website hit counter

एनआईसी एसिया लघुवित्तको सञ्चालकमा ६ जना निर्वाचित

beemaadmin
२०७८ मंसिर ६, सोमबार

काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभाबाट ६ जना सञ्चालक निर्वाचित भएका छन्। सुनसरीको इटहरीमा रजिस्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोकको बनेपामा कर्पोरेट कार्यालय रहेको यस लघुवित्तको वार्षिक साधारणसभाबाटसंस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्। संस्थापक समूहबाट कपिल ढकाल, प्रकाश बराल, विभोरकुमार अग्रवाल र दिपेश खेतान (अग्रवाल) तथा सर्वसाधारण समूहबाट शशांक अग्रवाल तथा सुवर्ण पौडेल निर्विरोध निवार्चित भएका हुन्।
चौथो बार्षिक साधारणसभाबाट निवार्चित भएका सम्पूर्ण सञ्चालक समितिका पदाधिकारीको बैंक तथा वित्तीय संस्थाको क्षेत्रमा लामो कार्यानुभव रहेको र विभिन्न व्यवस्थापकीय पदहरुमा समेत कार्यानुभव रहेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार