free website hit counter

एनएमबि बैंकको लाभांश सबैभन्दा उच्च

beemaadmin
२०७६ कार्तिक २५, सोमबार

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७५–०७६ को मुनाफाबाट शेयरधनीलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। सञ्चालक समितिको कार्तिक २४ गते सम्पन्न बैठकले यस्तो प्रस्ताव गरेको हो । २१ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।हालसम्म १८ वाणिज्य बैंकको लाभांश घोषणा भएकोमा बैंकको लाभांश सबैभन्दा धेरै हो। यसअघि नबिल बैंकले ३४ प्रतिशत लाभांश घोषणा गरेको थियो।
एकीकृत बैंकको चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ६०० रुपैयाँ रहेको छ । २१ प्रतिशत बोनस वितरण पश्चात बैंकको १३ अर्ब ९५ करोड ९ लाख ८७ हजार ३३६ चुक्ता पूँजी रुपैयाँ पुग्नेछ।
गत आर्थिक वर्षमा एनएमबि बैंकले दुई अर्ब ३१ करोड र ओम डेभलमेन्ट बैंकले ५९ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्ष २०७४–०७५ मा एनएमबि बैंकले १० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद गरि कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो। असोज ११ गतेदेखि ओम डेभलमेन्ट बैंकलाई प्राप्ति गरि एकीकृत कारोबार थालेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार