free website hit counter

एनएमबि बैंकको सीईओ बने गोविन्द घिमिरे

beemaadmin
२०८१ फाल्गुन २५, आईतवार

काठमाण्डौ । एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृतको रुपमा गोविन्द घिमिरेलाई नियुक्त गरेको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले एनएमबि बैंकमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत घिमिरेलाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो । हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी २ कार्यकाल पूरा गरेर फागुन अन्तिमबाट विदा हुँदैछन् । रिक्त हुन लागेको प्रमुख कार्यकारी अधिकृत पदको रुपमा चैतबाट घिमिरेले कमान सम्हाल्ने छन् । घिमिरे एनएमबि बैंककै क्याडर हुन् । सन् १९९५ मा नेपाल बंगलादेश बैंकबाट बैंकिङ करिअर सुरु गरेका घिमिरे एनएमबि बैंकमा सन् २००९ देखि निरन्तर आबद्ध छन् । २०७९ असोजदेखि उनी एनएमबि बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए । घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातकसम्मको शिक्षा हासिल गरेका छन् ।घिमिरे सीईओ बनेसँगै सञ्चालक समितिको बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत बनाएको छ । उपाध्याय चाहिँ विगत एक दशकदेखि एनएमिब बैंकमा कार्यरत छन् । उनी सन् २०१५ मा एनएमबि बैंकको सिनियर म्यानेजरको रुपमा भित्रिएका थिए । सन् १९९८ मा स्टान्डर्ड चाटर्ड बैंक नेपाल (तत्कालीन नेपाल ग्रिनलेज बैंक) बाट बैंकिङ करिअर थालेका थिए । उनीसँग स्ट्याण्डर्ड चार्टर्ड बैंक कतार तथा कतारकै मश्रेक बैंकमा काम गरेको अनुभव समेत छ । उनी त्रिभुवन विश्वाविद्यालयका एमबीए ग्राजुएट हुन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार