free website hit counter

एनएमबि बैंकले शुरु गर्यो नयाँ पेमेन्ट गेटवे

beemaadmin
२०८२ मंसिर १५, सोमबार

काठमाडौं । नविनतम सूचना प्रविधिलाई आत्मसाथ गर्ने क्रममा एनएमबि बैंकले कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरू गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन यस्तो सेवा सुरु गरेको हो । यो सेवाले भौतिक र अनलाइन (ई–कमर्स) दुवै प्रकारका व्यवसायीलाई सहयोग पुर्याउने विश्वास लिइएको छ । सो गेटवेमार्फत व्यवसायीले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका भिसा र मास्टर कार्डमार्फत ग्राहकबाट भुक्तानी लिन सक्नेछन् । यस सुविधाले नेपालभित्र र विदेशबाट पनि भुक्तानी स्वीकार गर्न सकिने भएकाले व्यवसायलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्ने बैंकले जनाएको छ । पेमेन्ट गेटवेमा थ्रीडी सेक्योर प्रविधि समावेश गरिएको छ, जसले कारोबारको प्रमाणीकरणका लागि ओटीपी वा पासवर्ड आवश्यक पर्छ । यसले कारोबारलाई अतिरिक्त सुरक्षित बनाउँछ । यसरी कार्डबाट हुने कारोबार धेरै सुरक्षित हुने र अनाधिकृत खरिदको जोखिमलाई कम गर्ने बैंकले जनाएको छ । अनलाइन व्यवसायीहरूले बैंकमा सम्पर्क गरेर सजिलैसँग आफ्नो पोर्टलमा गेटवे जोड्न सक्ने बैंकले जनाएको छ । एनएमबि बैंकले हाल देशभरी २०२ शाखा, १८४ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार