free website hit counter

एनएमबि र आइएफसीबीच ऋण सम्झौता

beemaadmin
२०७७ असार १८, बिहीबार

काठमाडौं । एनएमबि बैंकलाई विश्व बैंक सदस्य समूह अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले कर्जा दिने भएको छ । अमेरिकी २५ मिलियन डलर कर्जाको लागि एनएमबि र आइएफसीबीच समझदारी भएको छ । एनएमबिले दुई बर्षको अवधिमा लगातार दुई पटक आइएफसीबाट कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । यो बैदेशिक लगानी हालको परिदृश्यमा बाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुनेछ । उक्त समझदारीमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आइएफसीका एक्टिङ्ग रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन् ।
यस वित्तीय समझदारीले कोभिड १९ को कारणले आईपरेको कठिनाईहरुको बीचमा साना तथा मझौला उद्यमी वर्गको लागी आवश्यक कर्जाको आपूर्ति गर्नुको साथै र नयाँ उद्यमीलाई लगानी गर्ने भनिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई विदेशी बैंक तथा वित्तिय संस्थाबाट कुल पुँजीको २५ प्रतिशतसम्म लगानी ल्याउन बाटो खुला गरेपछि एनएमबिले दोस्रो पटक कर्जाका लागि हस्ताक्षर गरेको हो ।
एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई एकवाएर गर्दैछ । यसका लागि एक्वायस प्रस्ताव पारित गराउँन असार २१ मा विशेष साधाणसभा समेत बस्दैछ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार