free website hit counter

एनएमबि लघुवित्त नाफामा

beemaadmin
२०८१ कार्तिक २७, मंगलवार

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्ममा नोक्सानीमा रहेको लघुवित्त, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लघुवित्तले ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ४ करोड ७३ लाख रुपैयाँ नोक्सानीमा थियो। लघुवित्तको ब्याज आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४०.८६ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १८.४६ प्रतिशत र कुल सञ्चालन आम्दानी ३७.९९ प्रतिशत बढेको छ। गत आर्थिक वर्षमा ४ करोड ७० लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा भने चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७१ लाख ३९ हजार रुपैयाँ धनात्मक भएको छ। लघुवित्त नाफामा पुगेसँगै प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात १८१.८६ गुणा रहेको छ। ७२ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २१ करोड ८१ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले सो अवधिसम्ममा ४ अर्ब ६८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार