free website hit counter

एनएलजी इन्स्योरेन्सको नाफा बढ्यो, अन्य सूचक पनि प्रगति

beemaadmin
२०८० श्रावण ३०, मंगलवार

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९–८०० को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १ दशमलव ०२ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले २४ करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको बीमा कोष १० दशमलव ४९ प्रतिशतले बढेको छ । बीमा कोषमा १ अर्ब २७ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा बीमा कोषमा १ अर्ब १४ करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष ८ दशमलव ०३ प्रतिशतले घट्दै २६ करोड ५२ लाख पुगेको छ । समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन ५ दशमलव ७५ प्रतिशतले घटेको छ । असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन ६३ करोड १८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन ६७ करोड ०४ लाख थियो । कम्पनीले गत आर्थिक वर्ष ४९ करोड ९८ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड छ । प्रकाशित विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०९ रुपैयाँ ५० पैसा रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार