free website hit counter

एनएलजी इन्स्योरेन्सको हकप्रदको प्रस्ताव अनुमोदन

beemaadmin
२०८१ कार्तिक ८, बिहीबार

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभाले हकप्रद शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको छ । सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले चुक्तापुँजीको ६२.५६ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमोन गरेको छ ।

Advertisement
Advertisement

कम्पनीले आर्थिक वर्ष २०७९–८० को बोनस शेयर वितरण कायम हुने चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८–९७ रुपैयाँको ६२–५६ प्रतिशत अर्थात १००ः६२.५६ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड २५ लाख १५ हजार ७०१.३० रुपैयाँ पुग्नेछ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर जारी गर्न अनुमति दिइसकेको छ। एनएलजीको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल मार्केट रहेको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार