free website hit counter

एनसीसीको ऋणपत्र निष्काशन सम्झौता

beemaadmin
२०७६ मंसिर २६, बिहीबार

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ३ अर्ब बराबरको १०.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६ डिबेन्चर निष्काशन सम्झौता भएको छ । १०.५० प्रतिशत व्याजसहित दश वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग नक्साल काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
कूल ३० लाख कित्ता डिबेन्चरमध्ये १८ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र १२ लाख कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गरिनेछ । उक्त कार्यको लागि मंसिर २५ गते नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीच नेपाल क्रेडिट एण्ड कमर्स बैंक डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता भएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार