free website hit counter

एनसेलको डाटा तान्दा बीमा सेवा पाइने

beemaadmin
२०७८ मंसिर २६, आईतवार

काठमाडौं। बीमाको महत्व बढ्दै जाँदा आफ्ना ग्राहकलाई आकिर्षत गर्न वित्तीय संस्थाले मात्रै होइन टेलिफोन सेवा प्रदायक कम्पनीहरुले समेत अफरमा बीमा सेवा राख्न थालेका छन् । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलल आफ्नो डाटा खरिद गर्ने ग्राहकलाई १० हजार सम्मको स्वास्थ्य उपचार बीमा सेवा समेत उपलब्ध गराएको छ।

डाटासँगै बीमा पनि अभियान अन्तर्गत हिमालयन जनरल इन्स्योरेन्ससँगको सहकार्यमा डाटा प्याक खरिद गर्ने ग्राहकलाई अधिकतम १०‌ हजार रुपैयाँ सम्म उपचार खर्च भुक्तानी दिने गरी प्रवद्धनात्मक कार्यक्रम ल्याएको हो। यस योजना अन्तर्गत एनसेलका ग्राहकले ३ दिनको लागि मान्य‌‌ हुने १००‌ एमबि डाटा ३०‌ रुपैयाँमा खरिद गरेपछि दैनिक १‌हजार रुपैयाँको दरले अधिकतम १०‌ हजार रुपैयाँ सम्म उपचार खर्च दाबी भुक्तानी प्राप्त गर्नेछन्।

Advertisement
Advertisement

बीमा अवधि डाटा प्याक लिएको ३० दिनसम्म मात्र कायम रहनेछ। उपचार खर्च दाबी गर्न सम्बन्धित व्यक्ति कम्तीमा एक रात अस्पताल भर्ना भएकै हुनुपर्छ। साथै यसरी भर्ना भएवापत बढीमा‌ १०‌ दिन वा वास्तविक भर्ना अवधिमध्ये जुन कम‌ हुन्छ,त्यसैको आधारमा दाबी भुक्तानी प्रदान गर्ने जनाएकाे छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार