free website hit counter

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

काठमाडाैं । बैशाख ११ गते शुक्रबार, एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा उक्त प्रक्रिया सम्पन्न गरिएको हो।

कम्पनीले गत चैत २६ गतेदेखि बैशाख २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो, जसको कुल मूल्य ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबर रहेको थियो।

Advertisement
Advertisement

उक्त आईपीओमा २७ लाख २७ हजार ११७ जनाबाट कुल २ करोड ९८ लाख ५१ हजार ३८० कित्ता शेयरका लागि आवेदन परेको थियो।

Advertisement
Advertisement

मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथा (लक्की ड्र) मार्फत आईपीओ बाँडफाँट गरिएको हो। यसअनुसार ७८ हजार २० जनाले जनही १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

सम्बन्धित समाचार