free website hit counter

एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारणसभा, यस्ता छन् एजेन्डा

beemaadmin
२०७८ बैशाख २०, सोमबार

काठमाडौं । चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव पास गर्न एभरेष्ट इन्स्योरेन्सले कम्पनीको २६ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले जेठ २ गते सोमबार कम्पनीको केन्द्रिय कार्यलयमा दिँउसो २ बजे सभा बोलाएको हो। सभामा इन्स्योरेन्सले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव लैजाने भएको छ। त्यसैगरी कम्पनीको प्रबन्धपत्रको दफा ३ मा कम्पनीको उद्देश्य अन्तरगत सामुहिक लगानी कोष योजना सञ्चालन गर्ने गराउने व्यवस्था थप गर्ने विशेष प्रस्ताव समेत सभामा लैजादै छ। निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने तथा मर्जरको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत सभामा लैजादै छ।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षा सुरु

beemaadmin
२०८३ बैशाख १४, सोमबार

नेपाल बैंकले कमायाे २ अर्ब ७९ करोड नाफा

beemaadmin
२०८३ बैशाख १४, सोमबार

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार