free website hit counter

एभरेष्ट बैंकका ग्राहकलाई पीसीआर परीक्षणमा छुट

beemaadmin
२०७७ भाद्र १२, शुक्रबार

काठमाडौं । समयअनुसार विभिन्न सेवामा छूटको व्यवस्था मिलाउँदै आएको एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणको लागि कमलपोखरीको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्री (सीडीएल) सँग सहकार्य गरेको छ ।

हाल कोभिड १९ को कठीन समयमा ग्राहकहरुको सहजताको लागि एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणमा छुटको व्यवस्था गरेको छ । जस अन्तर्गत एभरेष्ट बैंकको डेबिटरक्रेडिट कार्ड होल्डर ग्राहकहरुले सी।डी।एल बाट आरटी पीसीआर परीक्षण गर्दा सरकारी दर अनुसार लाग्ने ५ हजार ५ सय रुपैयाँमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

नगद करोबारमा पनि कोभिड १९ को जोखिम भएको हुँदा, ग्राहकहरुले ईबीएल मोबाईल बँकिङ्ग एप ईबीएल टच २४० प्रयोग गरेर पनि कोभिड १९ परीक्षण शुल्क भुक्तानी गर्न सक्नेछन् । बैंक र सीडीएल बीचको सहकार्य, बैंकका नायब महाप्रबन्धक, डा. सन्धीर कुमार र सिडीएल प्रयोगशालाका कार्यकारी निर्देशक, मनीष पोखरेलको उपस्थितिमा सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार