free website hit counter

एभरेष्ट बैंकको एपमा यति धेरै सुविधा

beemaadmin
२०७७ बैशाख २४, बुधबार

काठमाडौं । प्रविधिमैत्री बैंकिङलाई प्राथमिकता दिँदै आएको एभरेष्ट बैंकले ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राखी आफ्नो मोबाइल बैंकिङ्ग एप ‘इबीएल टच २४’ मा नयाँ अद्यावधिक सुविधाहरु थप गरेको छ । सुविधा थप गरेसँगै बैंकले ‘इबीएल टच २४’ थप सुरक्षित, द्रुत र भरपर्दो बन्न गएको दावी गरेको छ । एभरेष्ट बैंकको मोबाइल बैंकिङ्ग एप ‘इबीएल टच २४’को स्तरोन्नतीको साथ अब ग्राहकहरुले यस एपमार्फत स्वयं मोबाइल बैंकिङ्ग एक्टिभ गरी आफ्नो मोबाइल नम्बर प्रयोग गरेर सहजै लग इन गर्न सक्नेछन् र ५० भन्दा बढी बैंकका खाताहरुमा रकम ट्रान्सफर, बिजुली, पानीको महशुल, टि।भी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमा टिकटको अन्लाइन खरिद गर्नुका साथै एक लाखभन्दा बढी मर्चेन्टहरुमा क्यूआर पेमेन्टबाट भुक्तानी गर्न सक्नेछन् । यसै गरी ग्राहकहरुको सहजता र सुरक्षाका लागि, फिंगर प्रिन्ट वा फेस रिकोगनेशनबाट पनि सहजै कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार