free website hit counter

एभरेष्ट बैंकको नाफा बढ्यो

beemaadmin
२०७६ कार्तिक २९, शुक्रबार

काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्ट बैंकले ६९ करोड आठ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको यो नाफा अघिल्लो यसै अवधिको तुलनामा ९.०८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्टले ६३ करोड ३३ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा भने ३० करोड ८४ लाख ७९ हजार मात्रै रहेको छ ।

आठ अर्ब १० करोड ६८ लाख ६३ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ६ अर्ब ९६ करोड ७१ लाख ३२ हजार राखेको छ । तीन महिनामा बैंकले खुद व्याज आम्दानी पनि बढाएको छ । यो अवधिमा १ अर्ब ४३ करोड २५ लाख १९ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ९.३ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकको खुद व्याज आम्दानी एक अर्ब ३१ करोड छ लाख २५ हजार रुपैयाँ थियो । एभरेष्टले निक्षेपमा १२.४१ प्रतिशत र कर्जामा १२.८१ प्रतिशतको वृद्धि हासिल गरेको छ । गत असोज मसान्तसम्ममा बैंकले १ खर्ब ३४ अर्ब ७४ करोड ४९ लाख ८५ हजार रुपैयाँ निक्षेप पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको निक्षेप संकलन १ खर्ब १९ अर्ब ८६ करोड ४९ लाख पाँच हजार रुपैयाँ थियो । बैंकको कर्जा प्रवाहमा पनि प्रगति भएको छ । यो वर्ष १ खर्ब ९ अर्ब ५३ करोड ८२ लाख कर्जा प्रवाह गरेको छ ।  गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९७ अर्ब ९ करोड ५४ लाख ६६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार