free website hit counter

एभरेष्ट बैंकले मनायो रजत जयन्ती

beemaadmin
२०७६ कार्तिक २, शनिबार

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २५औं स्थापना दिवसको अवसरमा लाजिम्पाटस्थीत प्रधान कार्यलयमा नर्भिक इन्टरनेशनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न सामाजिक कार्यहरु सम्पन्न गरेको छ । रजत जयन्ती कार्यक्रममा, बैंकले स्थापनाकालदेखि नै सेवा पुर्याइरहेका कर्मचारीहरुलाई सम्मानित गरेको छ ।
रजत जयन्तीकै अवसरमा रक्तदान, निशुल्क स्वास्थ्य परिक्षण र मुटुरोग विशेषज्ञ डा. यादव भट्टसँग कुराकानी भएको थियो । सो कार्यक्रममा बैंकका बोर्डअफ डाइरेक्टर, प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो ।
१ हजारभन्दा बढि मानिसहरुको उपस्थीति रहेको उक्त कार्यक्रममा करिब १ सय जनाले रक्तदान गरेका थिए । यसबाहेक, सबै प्रदेशमा रहेको बैंकका शाखाहरुमा पनि पुराना ग्राहकहरुलाई सम्मान गर्दै केक काटेर २५ औं वार्षिकोत्सव मनाइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार