free website hit counter

एलआइसी नेपालका अभिकर्ताको अधिवेशनमा उपस्थित हुन सबैलाई निम्तो

beemaadmin
२०८१ चैत्र १२, बुधबार

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी एलआइसी नेपालको पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति अधिवेशन चैत १५ गते हुने भएको छ ।उक्त अधिवेशन मधेश प्रदेशको जनकपुर धाममा विहान ८ बजे सञ्चालन हुने कुरा अधिवेशन परिचालन कमिटीका संयोजक रामप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । संस्थाको चौथो अधिवेशनलाई तोकिएकै मितिमा सम्पन्न गर्नको लागि नेपाल भरबाट छनौट भएका अधिवेशन प्रतिनिधि तथा संगठन प्रेमि अभिकर्ताहरुलाई उपस्थितीको लागि अधिवेशन परिचालन कमिटी बीमक समिति एलआइसी नेपालले अनुरोध पनि गरेको छ । केही अराजक गतिविधि गर्ने मनस्थितिका साथ भित्रभित्रै केही गतिविधि भइरहेको भन्दै उनीहरुको वहकाउमा नपरी तथा नडाराईकन इमान्दारीता पूर्वक अधिवेशनमा सहभागी भई भव्य रुपमा सम्पन्न गर्न सम्पूर्ण अभिकर्तालाई आह्वान गरिएको छ ।

सम्बन्धित समाचार