free website hit counter

एलआइसी नेपालको लाभांश अनुमोदन

beemaadmin
२०८२ माघ २, शुक्रबार

काठमाडौं । एलआइसी नेपालको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर सम्पन्न भएको हो । कम्पनीले हाल कायम चुक्तापुँजीको कुल २१ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको सभाले सो प्रस्ताव अनुमोदन गरेको छ । सभाले अध्यक्षद्वारा संचालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरी अनुमोदन गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०८१–८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको छ । सभाले लेखा परिक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२–८३ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, बहालवाला लेखापरीक्षक श्री केजे एशोशिएट्स पुन नियुक्त हुन योग्य हुने प्रस्ताव पारित गरेको छ । सभाले संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकहरू एवं स्वतन्त्र संचालकको नियुक्तिलाई अनुमोदन गरेको छ । संचालक समितिका अध्यक्ष र सदस्यहरुको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ । सभाले कम्पनी ऐन २०६३ को दफा १०५ (१) (ग) बमोजिम आर्थिक वर्ष २०८१–८२ मा कम्पनीबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोदन गरेको छ । अध्यक्षको अनुमतिले अन्य कुनै विषयहरु पारित गरेको छ ।

सम्बन्धित समाचार