free website hit counter

एलआइसी नेपालले दियो अभिकर्तालाई उत्प्रेरणा

beemaadmin
२०८० फाल्गुन ९, बुधबार

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी) ले अभिकर्ता उत्प्रेरणामुलक प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ, पर्वत र म्याग्दीका अभिकर्ताहरु उक्त कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा जीवन बीमाका पछिल्ला नीति तथा एलआइसीले अगाडी सारेका कार्यक्रम, बजार माग र बीमितका अपेक्षाका बारेमा छलफल भएको हो । कार्यक्रममा कम्पनीकाका बजार व्यवस्थापन प्रमुख प्रकाशभक्त उपाध्यायले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख हेमराज जोशी, एजेन्सी म्यानेजर गोबिन्द खड्का, एजेन्सी म्यानेजर रामकाजी भण्डारी, वरिष्ठ अभिकर्ता नमराज क्षेत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए । एजेन्सी म्यानेजर नविन केसीले उत्प्रेरणा तालिम दिएका हुन् ।
एजेन्सी म्यानेजर गोबिन्द अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन बागलुङ शाखाका प्रवन्धक नवराज सुबेदीले गरेका थिए । प्रशिक्षक तथा अन्तरक्रिया कार्यक्रममा तीन जिल्लाका ५५ जना सहभागी हुनुभएको थियो भने उक्त अवसरमा उत्कृष्ठ कार्य गर्ने अभिकर्तालाई पुरस्कार वितरण गरिएको थियो ।

सम्बन्धित समाचार