free website hit counter

एलआइसी नेपालले ल्यायो ‘जीवन उत्सव बीमा’ योजना

beemaadmin
२०८१ भाद्र १३, बिहीबार

काठमाडौं । जीवन बीमा बजारमा आफूलाई स्थापित गरेको एलआइसी नेपालले नयाँ बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले विशेष सुविधा भएको जीवन उत्सव योजना सार्वजनिक गरेको हो । बीमाङ्कको ३ गुणासम्म सुरक्षा प्रदान एवं थप अतिरिक्त दुर्घटना लाभ लिएमा सो समेत प्रदान गरिने , नियमित आर्जित बोनशको साथमा थप अतिरिक्त लाभ बोनश सुविधा र बीमितको मृत्यु हुँदा बीमांकको दोब्बर रकम सहित आर्जित बोनश प्रदान गरिने विशेषता भएको यस योजना सार्वजनिक गरेको हो । यस बीमा योजना एलआइसी नेपालको काठमाडौं स्थित कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । कम्पनीका वर्तमान निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रणय कुमार, नायब कार्यकारी निर्देशक एदत्ता, सुचना प्रविधि प्रमूख रोहित बुदियाल, मार्केटिङ विभाग प्रमुख प्रकाशभक्त उपाध्याय एवं अण्डरराईटिङ विभाग प्रमुख सबिना श्रेष्ठ लगायत अन्य विभागीय प्रमुखहरू तथा कर्मचारीहरुले आज संयुक्त रुपमा सो योजना शुभारम्भ गरेका हुन् । उक्त शुभारम्भ कार्यक्रममा बोल्दै कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले यो बीमा योजना नेपालको परिप्रेक्ष्यमा बिलकुलै नयाँ भएको र नेपाल बीमा प्राधिकरणको निर्देशिका बमोजिम ल्याईएको प्रष्ट पारे । यस बीमा योजनाले हाल बीमा अवधी नपुग्दै बीमा परित्याग गर्ने परिपाटीलाई निरुत्साहित गर्ने र बीमालाई लामो अबधिसम्म चलाउन मद्दत गर्ने विश्वास रहेको उनले बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार